ad ad

समाज


काठमाडौंमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु, आमा घाइते

काठमाडौंमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु, आमा घाइते

घटनास्थल। तस्बिर सौजन्य : डीएसपी मनोजित कुँवर


नेपालखबर
साउन २१, २०८० आइतबार ८:३, काठमाडौँ

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। घटनामा आमा घाइते भएकी छन्।

तारकेश्वर नगरपालिका–५ चो गाउँमा गएराति स्थानीय गणेश तामाङको एकतले जस्ताले छाएको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो। 

घटनास्थल

शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले घर पुरिँदा घरमुली ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले जानकारी दिए। 

घटनामा तामाङकी पत्नी ३५ वर्षीया सञ्जु तामाङ घाइते भएकी छन्। 

‘उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ,’ डीएसपी कुँवरले नेपालखबरसँग भने, ‘पहिरोले घर पुरिँदा बाबुको घटनास्थलमै र छोरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमै मृत्यु भएको हो।’ 

घटनाको खबर पाउनासाथ बालाजु बृत्तबाट डीएसपी कुँवरको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेलाई उद्दार गरी अस्पताल पुर्याएको थियो। भिरालो ठाउँमा घर भएकाले माथिबाट खसेको पहिरोले घर पुरेको डीएसपी कुँवरले बताए।

घरमा परिवारका चारजना बस्दै आएका भएपनि तामाङ दम्पतीका छोरा घर बाहिर रहेकाले जोगिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .