समाज


भ्रष्ट्राचार गरेरै अफ्रिकाको धनी महिला बनिन् सान्तोस

भ्रष्ट्राचार गरेरै अफ्रिकाको धनी महिला बनिन् सान्तोस

नेपालखबर
माघ ६, २०७६ सोमबार ६:५५,

यी महिलाले कसरी आफ्नो देश एङ्गोलामा दोहन र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्न सफल भइन् भन्ने सम्बन्धका दस्तावेजहरू बीबीसीले हेर्न पाएको जनाएको छ।

चुहावट ती दस्तावेज अनुसार एसाबेल डोस सान्तोसलाई उनका पिता एङगोलाका राष्ट्रपति हुँदा देशभित्र हुने कारोबारहरूमा सहभागी गराइएको थियो। त्यसै क्रममा उनले धेरै सम्पत्ति आर्जन गरेकी थिइन्।

एङ्गोलाका विगतमा भएका कारोबारहरूबारे चुहिएका ती दस्तावेजहरूले एसाबेल डोस सान्टोस र उनका श्रीमानलाई विभिन्न शङ्कास्पद कारोबारमा संलग्न गराई मूल्यवान् सरकारी सम्पत्ति खरिद गर्न दिइएको खुलासा भएको छ।

हीरा र विभिन्न बहुमूल्य खनिजहरूमा धनी एङ्गोला दक्षिणी अफ्रिकामा अवस्थित छ।

त्यहाँ एसाबेल डोस सान्तोसलाई उनका पिता एङ्गोलाका पूर्व राष्ट्रपति जजे इदुआर्दो डोस् सान्टोस सत्तामा रहँदा एङ्गोलाको जमिन, हीरा, तेल र टेलिकमका प्रमुख व्यापारिक कारोबारहरूमा कसरी सहभागी गराइयो भन्ने खुलासा एक नयाँ अनुसन्धानले गरेको छ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्सले त्यो अनुसन्धान गरेको हो।

उदाहरणको लागि एङ्गोलाको सरकारी स्वामित्वको तेल कम्पनी सोनागोलसँग सम्बन्धित एक कारोबारबाट मात्र उनलाई पौने एक अर्ब युरो प्राप्त भएको खुलासा त्यो अनुसन्धानले गरेको छ।

तर डोस सान्टोसले आफू विरुद्धको आरोप पूरै झूटो भएको बताएकी छिन्।

सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै उनले त्यो अनुसन्धान झूटो दस्तावेज र झूटो जानकारीमा आधारित भएको बताएकी छन्।

उनले त्यो अनुसन्धान एङ्गोलाको सरकारसँगको मिलेमतोमा गरिएको र त्यो राजनीतिक उद्देश्यले अभिप्रेरित भएको बताइन्।

पूर्व राष्ट्रपतिकी छोरी डोस सान्तोसले ब्रिटेनलाई आफ्नो घर बनाएकी छन् र मध्य लन्डनका केही महङ्गा घरजग्गा उनको स्वामित्वमा छन्।

उनीविरुद्ध एङ्गोलामा फौजदारी अनुसन्धान जारी छ र त्यसक्रममा उनको त्यहाँको सम्पत्ति रोक्का गरिएको छ।

अहिले उनको व्यवसायिक साम्राज्य बारेका सात लाख वटा भन्दा बढी दस्तावेज बीबीसीलाई उपलब्ध गराइएको छ।

ती दस्तावेजहरू ब्रिटेनको गार्डियन र पोर्चुगलको एक्सप्रेसो समाचारपत्रसहित ३७ वटा सञ्चार संस्थाहरूले अनुसन्धान गरेका छन्।

भ्रष्टाचार निगरानी गर्ने संस्था करप्सन वाचका प्रमुख एन्ड्रु फाइस्टाइनका विचारमा ती दस्तावेजहरूले एसाबेल डोस सान्तोसले एङ्गोलाका सर्वसाधारणको अहित हुने गरी कसरी आफ्नो देशलाई दोहन गरिन् भन्ने प्रस्ट पारेको बताए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad