त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ५८ वर्षीय होङग होङग रहेका छन्।
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको सो रकमसहित उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
एयर चाईनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त चिनियाँ युआन फेला परेको हो।
उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
81
Shares
प्रतिक्रिया