संघीय मामिला तथा प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घन्टाभित्र उपस्थित हुन पत्र काटेको छ।
मन्त्रालयले सोमबार एक पत्र लेख्दै केही कुरा बुझ्नुपर्ने भएकाले २४ घन्टाभित्र उपस्थित हुन पत्र काटेको हो।
गत शनिबार सरकारी निवासमा एक महिलासँगको सम्बन्धको आपत्तिजनक दृश्य टिकटकमार्फत सार्वजनिक भएपछि निरौला विवादमा परेका छन्।
आइतबार मात्रै दकका नगरप्रमुख राम थापाले विज्ञप्ति निकालेर सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि मन्त्रालयमा पत्राचार गरिने बताएका थिए।
दमकका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध आन्दोलन, कार्यालयमा प्रवेश निषेध
भिडिओ बाहिरिएपछि नगरपालिकाको त्यसबारे नबोलेको भन्दै स्थानीय बासिन्दाले पनि नगरप्रमुखको आलोचना गरेका थिए।
निरौलाले हर्कतले नगरकै प्रतिष्ठामा आँच पुगेको भन्दै कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश रोक लगाउन मागसमेत गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासभित्र एक महिलासँगको अनैतिक भिडिओ सार्वजनिक भएसँगै १५ जना कार्यपालिका सदस्यहरुले सामूहिक रुपमा कारबाही माग समेत गरेका छन्।

Shares

प्रतिक्रिया