ad ad

समाज


दमकका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घन्टाभित्र उपस्थित हुन मन्त्रालयले काट्यो पत्र

दमकका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घन्टाभित्र उपस्थित हुन मन्त्रालयले काट्यो पत्र

नेपालखबर
साउन १५, २०८० सोमबार २०:४६, काठमाडौँ

संघीय मामिला तथा प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घन्टाभित्र उपस्थित हुन पत्र काटेको छ।

मन्त्रालयले सोमबार एक पत्र लेख्दै केही कुरा बुझ्नुपर्ने भएकाले २४ घन्टाभित्र उपस्थित हुन पत्र काटेको हो। 

गत शनिबार सरकारी निवासमा एक महिलासँगको सम्बन्धको आपत्तिजनक दृश्य टिकटकमार्फत सार्वजनिक भएपछि निरौला विवादमा परेका छन्। 

आइतबार मात्रै दकका नगरप्रमुख राम थापाले विज्ञप्ति निकालेर सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि मन्त्रालयमा पत्राचार गरिने बताएका थिए।

भिडिओ बाहिरिएपछि नगरपालिकाको त्यसबारे नबोलेको भन्दै स्थानीय बासिन्दाले पनि नगरप्रमुखको आलोचना गरेका थिए।

निरौलाले हर्कतले नगरकै प्रतिष्ठामा आँच पुगेको भन्दै कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश रोक लगाउन मागसमेत गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासभित्र एक महिलासँगको अनैतिक भिडिओ सार्वजनिक भएसँगै १५ जना कार्यपालिका सदस्यहरुले सामूहिक रुपमा कारबाही माग समेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .