ad ad

कारोबार


मल कारखाना स्थापनाका लागि लगानीकर्ता आह्वान गर्न बोर्डको क्षमता पुगेन : कार्यकारी निर्देशक भट्ट

मल कारखाना स्थापनाका लागि लगानीकर्ता आह्वान गर्न बोर्डको क्षमता पुगेन : कार्यकारी निर्देशक भट्ट

नेपालखबर
साउन १५, २०८० सोमबार २०:५२, काठमाडौँ

लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले रासायनिक मल कारखाना स्थापनाका लागि लगानी कर्तालाई आह्वान गर्न बोर्डको क्षमता नपुगेको बताएका छन्।

सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले मल कारखाना स्थापना गर्ने ज्ञानशिप निजी क्षेत्र र लगानीकर्तामा हुने बताए। उनले रासायनिक मलको उत्पादन गर्ने कारखाना नेपालमा खोल्न सम्भव छ वा छैन भन्नेबारेमा अध्ययन गर्ने काम भइरहेको पनि बताए। 

‘सरकारले बजेटमा स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी पब्लिक प्राइभेट पार्टनरसिपमा लगानी बोर्डमार्फत काम अगाडि बढाइने भनेको छ,’ उनले भने, ‘यसले अर्थ मन्त्रालय र लगानी बोर्डले समन्वयमा प्रभावकारी रुपमा सरकारका विगतका निर्णय आत्मसाथ गरेर रासायनिक मलको उत्पादन गर्ने कारखाना सम्भव छ वा छैन अध्ययन गर्ने काम छ।’

उनले सरकारले बजेटमा स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी पब्लिक प्राइभेट पार्टनरसिपमा लगानी बोर्डमार्फत काम अगाडि बढाइने बताइसकेको बताए। 

अर्थ मन्त्रालय र लगानी बोर्डले समन्वयमा प्रभावकारी रुपमा सरकारका विगतका निर्णय आत्मसाथ गरेर रासायनिक मलको उत्पादन गर्ने कारखानाका लागि आवश्यक अध्ययन गरिरहेको उनले बताए। 

‘यसमा सार्वजनिक निजी साझेदारी निजी लगानी ऐन २०७५ र नियमावली २०७७ ले गरेको प्रावधान प्रक्रिया अनुरुप दुई वटा ढाँचाबाट क्षमतावान लगानीकर्ताले प्रस्ताव दिनसक्छ। लगानी बोर्डले आह्वान गरेर र बोर्डले आह्वान नगरी प्रस्ताव गर्नसक्छ,’ उनले भने, ‘तर मल कारखाना स्थापनाको लागि लगानी बार्डले लगानी आह्वान गर्ने क्षमता पुगेको छैन। मल कारखाना स्थापना गर्ने ज्ञानशिप निजी क्षेत्र र लगानीकर्तामा हुन्छ । यो विषयमा कन्फ्युजन आज पनि छ।’

कार्यकारी निर्देशक भट्टले सार्वजनिक निजी साझेदारी र निजी लगानी ऐन २०७५ र नियमावली २०७७ ले गरेको प्रावधान प्रक्रिया अनुरुप क्षमतावान लगानीकर्ताले प्रश्ताव दिनसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .