ad ad

समाज


सफाइ पाएपछि रविले भनेः न्याय मरेको रहेनछ

सफाइ पाएपछि रविले भनेः न्याय मरेको रहेनछ

नेपालखबर
माघ ५, २०७६ आइतबार १२:१४,

आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै सफाइ दिएको हो।

भदौ ९ गते रावलकै इजलासले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छाडेको थियो।

पुडासैनी मृत्यु प्रकरणमा सफाइ पाएपछि रवि लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै भने,‘न्याय मरेको छैन भन्ने यो अर्को उदाहरण हो।’

उनले आफूलाई देश विदेशबाट समर्थन गर्ने आफ्नो सबै शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .