अखिल (छैठौं) का पूर्वअध्यक्ष अधिवक्ता विमल पोखरेलको निबन्ध–नियात्रा संग्रह ‘धरतीको इन्द्रेणी’ सार्वजनिक भएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष मातृका पोखरेल, प्रज्ञा परिषदका सदस्य डा. कौशिला रिसाल र पत्रकार अरुण बरालले पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तकमा २३ वटा निबन्धन तथा नियात्रा समावेश छन्।
पुस्तकमा राजनीतिक गतिविधिमा संलग्न हुने क्रममा देशका विभिन्न भौगोलिक स्थानमा, संस्कृृति, राजनीतिक तथा धार्मिक अवस्थाको वर्णन गरिएको छ।
पोखरेलको यो पाँचौं पुस्तक हो। उनका यसअघि शिक्षाको राजनीतिक स्वरुप, ज्ञानको पाइला, नेपालको पूर्वीय दर्शनको शासन र नेपालको विद्यार्थी आन्दोलन अखिल छैठौँको इतिहास प्रकाशित छन्।
21
Shares
प्रतिक्रिया