समाज


१७ वर्षमै माउन्ट के-टु चढेर निमारिञ्जीले बनाए विश्वकीर्तिमान

१७ वर्षमै माउन्ट के-टु चढेर निमारिञ्जीले बनाए विश्वकीर्तिमान

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८० शुक्रबार १६:२४, काठमाडौँ

‘किलर माउन्टेन’का रुपमा प्रख्यात पाकिस्तानको माउन्ट के-टु आरोहण गरेर नेपालका १७ वर्षीय निमारिञ्जी शेर्पाले विश्वकीर्तिमान बनाएका छन्।

१७ वर्ष ९९ दिनमै विश्वको दोस्रो अग्लो (८६११ मिटर) माउन्ट के-टु को शिखरमा पुगेर सबैभन्दा कान्छो आरोहीका रूपमा संखुवासभाका निमारिञ्जीले नयाँ कीर्तिमान बनाएका हुन्। 

उनले पाकिस्तानको समयअनुसार बिहीबार बिहान १० बजेर ४५ मिनेटमा माउन्ट के-टु को शिखर चुमेका हुन्। 

उनीसँगै आरोहण साथी पासाङ नुर्बु शेर्पा र तेन्जिङ शेर्पा पनि विश्वको दोस्रो अग्लो हिमाल आरोहण गर्न सफल भए।

निमारिञ्जीसँगै नर्वेकी चर्चित आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड तेन्जिङ ल्हामा शेर्पाले पनि माउन्ट के-टु को सफल आरोहण गरेका छन्। क्रिस्टिन र तेन्जिङले माउन्ट के-टु आरोहण गरेपछि ९२ दिनमा विश्वका सबै ८ हजार मिटर अग्ला १४ हिमाल चुम्ने विश्वकीर्तिमान पनि बनाएका छन्। 

निमाले यसअघि ८ हजार मिटर अग्ला सातवटा हिमाल चुमिसकेका छन्। जसमा मनास्लु, सगरमाथा, ल्होत्से, नाङ्गा पर्वत, गाशेरब्रुम दोस्रो,  गाशेरब्रुम पहिलो ब्रोड पिकको सफल आरोहण गरिसकेका थिए। 

निमारिञ्जीले आफ्नो किशोर उमेरमै ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने योजना बनाएका छन्। अब उनले चोयु हिमाल चढ्ने योजना बनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .