ad ad

समाज


हिलोमा फसेको भ्यान धकेल्दा भीरमा खस्यो, दुईजनाको मृत्यु

हिलोमा फसेको भ्यान धकेल्दा भीरमा खस्यो, दुईजनाको मृत्यु

दुर्घटनामा परेर क्षतिग्रस्त भएको भ्यान। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
साउन १२, २०८० शुक्रबार १६:३५, काठमाडौँ

काठमाडौंबाट चित्लाङ जाँदै गरेको एउटा भ्यान शुक्रबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ। 

चन्द्रागिरि नगरपालिका-४ को कच्ची सडकमा बा.१० च. ३५४६ नम्बरको सुजुकी भ्यान हिलोमा फसेको थियो।

चन्द्रगिरी नगरपालिका-४ पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा भ्यान सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालकसमेत २ जनाको मृत्यु भएको हो। 

हिलोमा फसेको उक्त भ्यानलाई धकेलेर निकाल्ने क्रममा ओभर स्पिड हुँदा अनियन्त्रित भइ भीरमा खसेर दुर्घटना भएको थियो।

दुर्घटनालगत्तै १ जनाको ज्यान गएको थियो। भीरमा फसेको जिप निकाल्दा अर्का एकजनाको पनि शव भेटिएको हो।

दुर्घटनामा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते तीनजनाको उद्धार गरिएको छ। हिलोमा फसेको भ्यान धकेल्ने क्रममा एकजना भ्यानसँगै भीरमा खसेका थिए। भीरमा खसेका ती व्यक्तिको पनि ज्यान गएको हो।

उक्त भ्यानमा चालकसहित ५ जना सवार थिए। घटनापछि प्रहरी बृत्त थानकोटबाट डीएसपी नारायण अधिकारीसहितको टोली पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .