राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन्।

यस क्रममा उनले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ।

सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए।
राष्ट्रपतिलाई पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

36
Shares

प्रतिक्रिया