ad ad

समाज


राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सकुशल उद्वार

राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सकुशल उद्वार

नेपालखबर
साउन १०, २०८० बुधबार १४:४२, काठमाडौँ

बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।

मंगलबार नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरू भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको वहाव बढेपछि भंगालोमा फसेका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं‍ ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्वार सामग्रीसहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्वार गरेको एपीएफले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .