ad ad

समाज


बागमतीका ८३ हजार पशुमा लम्पीस्किन, २२ सय मरे

बागमतीका ८३ हजार पशुमा लम्पीस्किन, २२ सय मरे

नेपालखबर
साउन ७, २०८० आइतबार १३:४, काठमाडौँ

बागमती प्रदेशमा ८३ हजार पशुमा लम्कीस्किन रोग देखिएको छ।

रोगबाट २ हजार २ सय ९ पशु मरेका छन्। पछिल्लो तथ्यांक अनुसार प्रदेशको सिन्धुलीमा सबैभन्दा धेरै २४ हजार ९० गाईभैंसीमा यो रोगको संक्रमण देखिएको छ। सबैभन्दा कम रसुवामा २ सय ३० पशुमा लम्पीस्किन रोगको संक्रमण देखा परेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

यस्तै धादिङमा ९ हजार ५ सय ४८, काठमाण्डौंमा ९ सय ५८, ललितपुरमा ५ सय ४५, भक्तपुरमा ८ सय ३०, काभ्रेमा १ सय ३१, नुवाकोटमा ६ हजार र रामेछापमा १४ हजार ३ सय ९१ पशुमा लम्कीस्किन देखिएको छ।

यसैगरी दोलखामा ५ हजार ९३, सिन्धुपाल्चोकमा ७ हजार १ सय ५, चितवनमा ६ हजार ७ सय ९९ र मकवानपुरमा ७ हजार सय ९५ पशु संक्रमित भएका छन्।

लम्कीस्किन विरुद्ध हालसम्म ५९ हजार ५ सय ११ पुशमा यो रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .