बागमती प्रदेशमा ८३ हजार पशुमा लम्कीस्किन रोग देखिएको छ।
रोगबाट २ हजार २ सय ९ पशु मरेका छन्। पछिल्लो तथ्यांक अनुसार प्रदेशको सिन्धुलीमा सबैभन्दा धेरै २४ हजार ९० गाईभैंसीमा यो रोगको संक्रमण देखिएको छ। सबैभन्दा कम रसुवामा २ सय ३० पशुमा लम्पीस्किन रोगको संक्रमण देखा परेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
यस्तै धादिङमा ९ हजार ५ सय ४८, काठमाण्डौंमा ९ सय ५८, ललितपुरमा ५ सय ४५, भक्तपुरमा ८ सय ३०, काभ्रेमा १ सय ३१, नुवाकोटमा ६ हजार र रामेछापमा १४ हजार ३ सय ९१ पशुमा लम्कीस्किन देखिएको छ।
यसैगरी दोलखामा ५ हजार ९३, सिन्धुपाल्चोकमा ७ हजार १ सय ५, चितवनमा ६ हजार ७ सय ९९ र मकवानपुरमा ७ हजार सय ९५ पशु संक्रमित भएका छन्।
लम्कीस्किन विरुद्ध हालसम्म ५९ हजार ५ सय ११ पुशमा यो रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया