समाज


राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा खुला प्रतिष्पर्धाबाट यादव नियुक्त

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा खुला प्रतिष्पर्धाबाट यादव नियुक्त

नेपालखबर
साउन २, २०८० मंगलबार १७:५५, काठमाडौँ

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा प्राडा अमरप्रसाद यादव नियुक्त भएका छन्। सिफारिस समितिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादवलाई उपकुलपति नियुक्त गरेका हुन्।

खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गर्नका लागि राष्ट्रिय योजना आयोगका सदस्य (हाल कार्यबाहक उपाध्यक्ष) डा. रामकुमार फुयाँलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो।

समितिमा खुला विश्वविद्यालयकी उपकुलपति प्राडा शिलु मानन्धर र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य थिए।

विश्वविद्यालयको कुलपति नियुक्तिमा पहिलो पटक स्वच्छ प्रतिष्पर्धा गराएर हाम्रो नभइ राम्रो मान्छे नियुक्त गरिएको सिफारिस समितिका संयोजक डा. फुयाँलले बताए।

उनका अनुसार उपकुलपतिका लागि १८ जनाको आवेदन परेको थियो। प्राप्त आवेदन मध्ये २ जनाको आवेदन रद्द गरिएको थियो भने १६ जनाको नाम पहिलो चरणमा छनोट गरिएको थियो।

१६ जनामा पनि प्रस्तुति गराएर ६ जनाको नाम सर्ट लिस्ट गरिएको थियो। दोस्रो पटकको छनोटमा ६ जनाबाट ३ जनाको नाम गत २६ गते बुधबार कुलपति तथा प्रधानमन्त्री दाहाल समक्ष सिफारिस गरिएको थियो।

सिफारिसको पहिलो नम्बरमा रहेका यादवलाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad