सीमा पार गरेर आफ्नो मुलुकमा प्रवेश गरेका एक अमेरिकी नागरिकलाई उत्तर कोरियाले नियन्त्रणमा लिएको छ। एक राष्ट्रसंघीय निकायले यसको जानकारी दिएको हो।
उत्तर र दक्षिण कोरियाबीचको डिमिलिटराइज्ड जोन र जोइन्ट सेक्युरिटी एरियाको सञ्चालन युनाइटेड नेसन्स कमान्डले गर्ने गर्छ। सो कमान्डका अनुसार ती व्यक्ति उत्तर कोरियातर्फ बिनाअनुमति प्रवेश गरेका थिए।
‘उनी अहिले उत्तर कोरियाको हिरासतमा छन् भन्ने हामीलाई लाग्छ। यो घटना समाधानका लागि उत्तर कोरियाली सेनासँग हामी प्रयास गरिरहेका छौँ,’ कमान्डले भनेको छ।
डिमिलिटराइज्ड जोन विश्वकै बलियो किल्लाबन्दी भएको क्षेत्र मानिन्छ। यो क्षेत्रमा ल्यान्डमाइन, विद्युतीय काँडेतार, निगरानी क्यामरा राखिएको छ। जहाँ २४ घण्टै सैनिकहरु चनाखो रहन्छन्।
तैपनि मानिसहरु सीमा नाघेर वारपार गर्ने प्रयास गर्छन्। पछिल्लो पटक २०१७ मा एक उत्तर कोरियाली सैनिक सीमा पार गरेर दक्षिणतर्फ दौडेका थिए। ४० गोली लागे पनि उनी बच्न सफल भएका थिए।
हाल ६ जना दक्षिण कोरियाली नागरिक उत्तर कोरियाको हिरासतमा छन्।
२०१७ मा कार्यकालमा एक अमेरिकी कोमामा रहेको अवस्थामा अमेरिका फर्काइएका थिए भने २०१८ मा तीन अमेरिकीलाई उत्तर कोरियाले छाडेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया