ad ad

समाज


काठमाडौंमा सात हजार १०१ बैंकिङ कसुरका मुद्दा

काठमाडौंमा सात हजार १०१ बैंकिङ कसुरका मुद्दा

नेपालखबर
साउन १, २०८० सोमबार १९:१, काठमाडौँ

काठमाडौं जिल्लामा एक वर्षमा बैंकिङ कसुरमा सात हजार १०१ मुद्दा दर्ता भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौंभित्र बैंकिङ कसुरसम्बन्धी सात हजार १०१ मुद्दा दर्ता भएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैंकिङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए।

‘आव २०७८/७९ मा तीन हजार ७१५ मुद्दा दर्ता भएको थियो। आव २०७९/८० मा सात हजार १०१ मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो’, उनले भने।

यस्तै, आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ। आव २०७८/७९ मा ४६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९/८० मा ६४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ।

यसैगरी, आव २०७९/८० मा लागुऔषधमा ३६८ मुद्दा दर्ता भएका छन्। सोही आवमा काठमाडौँभित्र ३४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ। ज्यानसम्बन्धी कसुर आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा घटेको छ।

आव २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताए। काठमाडौँमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उनको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतमा एक हजार ७७ सीसीटीभी जडान भएको भए पनि हाल जम्मा ५३२ सीसीटीभी मात्र चालु अवस्थामा रहेका छन्। सीसीटीभी जडानका लागि हालैमात्र काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .