काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशन कुमार पासवानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०२–००१ ख ५५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
39
Shares

प्रतिक्रिया