दक्षिण कोरियामा बाढीका कारण सुरुङमार्ग पानीले भरिँदा १३ जनाको मृत्यु भएको छ भने धेरै यात्रु फसेका छन्।
सुरुङबाट अहिलेसम्म १३ जनाको शव उद्धारकर्मीले निकालेको बीबीसीले जनाएको छ।
शनिबार राति खोला बगेपछि चेङजु नामको यो सहरको सुरुङ पानीले भरिएको हो। बाढीका कारण ६८३ मिटर लामो सुरुङमा धेरै सवारीसाधन फसेका छन्।
तीमध्ये धेरैजसो कारमा सवार थिए। यसबाहेक सुरुङमा बस पनि फसेको छ।
कूल कति मानिस फसेका छन् भन्ने विषयमा आधिकारिक जानकारी दिइएको छैन। दक्षिण कोरियामा पछिल्लो एक साता वर्षा र बाढीका कारण ३९ जनाको ज्यान गएको छ।

यो सुरुङ चेङजु सहरको ओसोङ क्षेत्रमा छ।
सुरुङबाट निकालिएका शव बसमा सवार यात्रुको भएको बताइएको छ। नौ जनाकाे भने उद्धार गरिएको छ।
अधिकारीले समयमै पहल गरेको भए यी व्यक्तिको ज्यान जोगाउन सकिन्थ्यो भन्ने पीडित परिवारको भनाइ छ।
Shares

प्रतिक्रिया