ad ad

समाज


काठमाडौं महानगरले झुक्याएको भन्दै सिसडोलबासीले रोके फोहर बोकेका गाडी

काठमाडौं महानगरले झुक्याएको भन्दै सिसडोलबासीले रोके फोहर बोकेका गाडी

फाइल फोटो


नेपालखबर
साउन १, २०८० सोमबार १५:२, काठमाडौँ

पटक–पटक रोकिँदै आएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ। अन्तिम फोहर व्यवस्थापनस्थल आसपासका स्थानका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो।  

यसअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही  बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको हो। धुनीबेसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति वेवास्ता गरेकाले आजदेखि  फोहर व्यवस्थापनमा रोक लगाइएको हो।  

उनले भने, ‘फोहर र मानिस सँगै बस्नै सक्दैन, की फोहरलाई अन्यत्र व्यवस्थापनका लागि प्रबन्ध गर्नुपर्यो की उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्यो, अन्यथा फोहर व्यवस्थापनमा समस्या आइरहन्छन्।’

आज विहान फोहर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको पनि वडाध्यक्ष तामाङले जानकारी दिए।

फोहर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए। स्थानीयवासीले सहमतिका नाममा आफूहरुलाई झुक्याइएको आरोप लगाएका छन्। कामपाले यसअघि कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर कुहिने फोहर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो।

यता कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताए।

उनले भने, ‘स्थानीयवासीको मुख्य माग आसपासका तीन हजार रोपनी जग्गा अतिग्रहण गरिदिनुपर्यो भन्ने हो कामपाले मात्र गर्न सक्दैन त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको छ।’
विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको थियो।   

कामपाले यसवर्ष वर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ।     

यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकोको फोहर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .