ad ad

समाज


बाढीपहिरोले अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार, सिंगापुरका २ नागरिक सुरक्षित फेला

बाढीपहिरोले अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार, सिंगापुरका २ नागरिक सुरक्षित फेला

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८१ मंगलबार १९:१४, काठमाडौँ

यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरूको उद्धार गरिएको छ। 

भारी वर्षका कारण धनजनको क्षति हुन थालेपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उद्धार गरिएको हो। त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो।  

सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकहरूको उद्धार गरिरहेको छ।

पर्यटक प्रहरी र सेलले हटलाइनमार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको छ। सेलले वेबसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था, मौसम लगायतका जानकारी उपलब्ध गराइरहेको छ। 

यसै क्रममा बाढी पहिरोमा हराइरहेको भनिएका सिंगापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला परिएको छ।

यस्तै रामेछापबाट एक नेपाली र एक भारतीय पर्यटको पनि उद्धार गरेको छ। 

आइतबारबाटै मनसुनी वर्षाको प्रभाव कम भएसँगै जनजीवन केही सहज भएको र पर्यटन क्षेत्र पनि केही सहज हुँदै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .