ad ad

समाज


सुनसरी र मोरङका यी स्थानमा ठूलो वर्षा, बाढी र डुबानबाट बच्न भन्दै ‘अलर्ट’ जारी

सुनसरी र मोरङका यी स्थानमा ठूलो वर्षा, बाढी र डुबानबाट बच्न भन्दै ‘अलर्ट’ जारी

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८० शुक्रबार ६:४५, काठमाडौँ

सुनसरीको इटहरि र मोरङका लेटाङ र हरैँचा आसपासका बासिन्दालाई बाढी र डुबानबाट सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। 

विभागले आज (शुक्रबार) बिहानै सूचना जारी गरी उल्लिखित स्थानमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको जानकारी दिएको हो।  

आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा  डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ।’

हेर्नुहोस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .