सर्वोच्च अदालतले काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई वारेसमार्फत मुद्दा लड्न दिन अस्वीकार गरेको छ।
अदालतको अवहेलना मुद्दामा उक्त आदेश दिँदै आफैं उपस्थित भएर तारेख लिन भनेको हो।
उनले वारेस राखेर मुद्दा लड्न अनुमति माग गरेका थिए।
अधिवक्ता वर्षाकुमार झाले बालेनविरुद्ध अवहेलना मुद्दा दायर गरेकी थिइन्। रिटमा यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो।
सर्वोच्चले अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिवारे जवाफ दिन भनेको थियो। भारतीय फिल्मआदिपुरुषका विषयमा बालेनले आपत्ति जनाउँदै काठमाडौंमा प्रदर्शन गर्न रोक लगाएका थिए।
तर उच्च अदालत पाटनले बदर गर्दै काठमाडौंमा चल्न नदिने अडान कायम राखेका थिए। यस्तै उनले राष्ट्रियताका सवालमा अदालत र न्यायाधीशलाई पनि नमान्ने टिप्पणी गरेका थिए।
उक्त टिप्पणीलाई आधार बनाउँदै अदालतमा मुद्दा परेको थियो।
Shares

प्रतिक्रिया