ad ad

सुदूरपश्चिम


महाकाली नदीको सतह बढ्यो, स्थानीयवासी त्रसित

महाकाली नदीको सतह बढ्यो, स्थानीयवासी त्रसित

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८० मंगलबार २१:१७, काठमाडौँ

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ।

बिहान ५ बजे खोलिएको बाँध बेलुकी ८ बजेसम्म खुला रहने हुँदा महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए। छराति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरेका छौँ,’ उनले भने।

महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन्। 

सदरमुकाम खलङ्गाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .