शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बसेको अझै विर्सिएका छैनन्।
‘त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो,’ उनले भने, ‘हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ।’
राष्ट्रिय भूकम्प सुरक्षा दिवस-२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गरे। अहिले अग्ला घरका कारण हिमाल छेकिन पुगेको उनको गुनासो छ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताइन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे।
प्रतिक्रिया