ad ad

समाज


बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

नेपालखबर
असार २१, २०८० बिहिबार १२:५९, काठमाडौँ

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ।

बुधबार पानीपोखरीमा बा ८२ प १२२५ को मोटरसाइकललाई बा ५ ख ३१९३ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचन गम्भीर घाइते भएकी थिइन्। घाइते गौचनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

त्यसपछि थप उपचारका लागि ग्रान्डी पुर्‍याइएको थियो। बुधबार दिउँसो उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीले बस र मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .