ad ad

समाज


२५ लाख रुपैयाँको औषधि बोकेको कारसहित भारतीय पक्राउ

२५ लाख रुपैयाँको औषधि बोकेको कारसहित भारतीय पक्राउ

नेपालखबर
असार २०, २०८० बुधबार १४:३५, काठमाडौँ

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका-१२ बाह्रविगहाबाट सशस्त्र प्रहरीले करिब २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधि बोकेको कारसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २९ वर्षीय मो ईक्वाल रहेको सशस्त्रले जनाएको छ।

बीआर ३२ एक्यू १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको औषधिसहित उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ईक्वाललाई बरामद औषधि तथा कारसहित आवश्यक कारबाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .