ad ad

समाज


काठमाडौंसहित यी ४४ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

२२ जिल्लामा उच्च सतर्कता, २२ जिल्लामा सामान्यता सतर्कता आवश्यक
काठमाडौंसहित यी ४४ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८० मंगलबार ९:१३, काठमाडौँ

वर्षासँगै देशभर बाढी र पहिरोको जोखिम पनि बढेको छ। यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले आज (मंगलबार) कहाँ कहाँ बाढीको जोखिम छ र सतर्कता अपनाउनुपर्छ भन्ने जानकारी दिएको छ। 

महाशाखाका अनुसार आज देशका ४४ भन्दा बढी जिल्लाका खोला/नदीमा बाढी आउने र त्यसले प्रभावित क्षेत्रका बासिन्दालाई जोखिमा पार्ने तथा क्षति पुर्‍याउने सम्भावना छ। 

महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज नवलपरासी (बर्दघाट सुस्ता–पूर्व), नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम), पाल्पा, रुपन्देही, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङजा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम देखिएकाले सो क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ। 

यस्तै आज पाँचथर, संखुवासभा, ओखलढुंगा, रामेछाप, सिन्धुली, उदयपुर, रसुवा, दोलखा, बाग्लुङ, पर्वत, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्नसक्ने अनुमान रहेकाले सो क्षेत्र भई बहने नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। 

हेर्नुहोस् बाढी महाशाखाले जारी गरेको बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .