पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका अध्यक्षले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाइँविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पुर्जी जारी गरेको छ।
प्रहरीमा आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीले उनीविरुद्ध अभद्र ब्यवहार गरेकाे भन्दै उजुरी दिएका थिए। यस्तै गिरीले भक्तपुर अदालतमा मानहानिको मुद्दा समेत दायर गरेका छन्।
प्रशासनले अभद्र ब्यवहार मुद्दामा प्रसाइँलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले अभद्र ब्यवहारमा प्रसाइँ बिरूद्वकाे कारबाही अघि बढेकाे नेपालखबरलाइ बताए।
पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरी उनलाई समात्न घरमै पुगेको थियो। तर, उनी फरार रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रसाइँलाई पक्राउ गर्न भक्तपुरको ठिमीस्थित उनको निवासमा पुगेको प्रहरी टोली उनलाई नभेटेपछि फर्केको छ।
प्रसाइँ अहिले झापामा भएको पारिवारिक स्रोतले जनाएको छ।
प्रतिक्रिया