ad ad

समाज


प्रधान सेनापति थापा स्वदेश फिर्ता

प्रधान सेनापति थापा स्वदेश फिर्ता

नेपालखबर
माघ २, २०७६ बिहिबार ३:२९,

प्रधान सेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेशको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणामा २७ पुसमा बंगलादेश गएका थापा बुधबार साँझ स्वदेश फर्किएका हुन्।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

भ्रमणका क्रममा थापाले बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, सेना प्रमुख लगायतसँग भेटवार्ता गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति थापाको औपचारिक निमन्त्रणामा यही माघ २४ गते बंगलादेशका सेना प्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने जंगी अड्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .