सप्तरीको रुपनी गाउँपालिका-१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई प्रहरीले खसी बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ।
स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोपमा प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
यादवले चोरी गरेका ती खसी र बोकालाई सिरहा नगरपालिका-८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेका थिए।
प्रहरीले खसी खरिदकर्तालाई समेत पक्राउ गरेको छ।
प्रतिक्रिया