बर्दियामा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिका १० लालपुरस्थित कर्णाली नदीको किनारमा निलो रङको हाफ पाइन्ट मात्रै भएको शव फेला परेको हो। शव पुरुषको हो कि महिलाको भन्ने पनि पुष्टि भएको छैन। हेर्दा पुरुषको जस्तो देखिएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले बताएका छन्।
शव बुधबार भेटिएको हो।
शरीरको मासुको भाग सडेर हाड मात्रै रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बोहोराले बताए।
3
Shares
प्रतिक्रिया