ad ad

राजनीति


विद्यार्थी गुरुको ढाड खुस्काउँछ, सरकार मुद्दा फिर्ता लिन्छ : ओली

विद्यार्थी गुरुको ढाड खुस्काउँछ, सरकार मुद्दा फिर्ता लिन्छ : ओली

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८० बिहिबार ११:५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताएका छन्।

बिहीबार काठमाडौंमा मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उनले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेलाई सरकारले नै संरक्षण र प्रोत्साहन गर्नु खेदजनक भएको बताए।

‘आजकाल गुरु कुट्ने संस्कृति छ। टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ, उनले भने, 'प्रोफेसर कुट्न किन विद्यार्थीले नपाउने, मजाले पाउँछ भनेर कुट्छ, गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार।'

उनले त्यस्ता व्यक्ति विद्यार्थीको नाम मात्रका भएका र असली विद्यार्थी पनि नभएको बताए। 'त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन्, विद्यार्थी होइनन् । बाहिर सडकका हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ,’ उनले भने।

सरकारको काम खेदजनक रहेको बताउँदै उनको भनाइ थियो। गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् भएको भनाइ उनले राखे।

प्राध्यापक कुट्नेहरूलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .