ad ad

समाज


पूर्व निर्वाचन आयुक्त शाहले श्रीमतीको नाममा पास गरेका थिए ललिता निवासको ५ रोपनी जग्गा

पूर्व निर्वाचन आयुक्त शाहले श्रीमतीको नाममा पास गरेका थिए ललिता निवासको ५ रोपनी जग्गा

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार ११:४६, काठमाडौँ

पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गाको एउटा कित्ता आफ्नी श्रीमतीको नाममा पास गरेको भेटिएको छ।

सरकारी जग्गा हिनामिना प्रकरणमा मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सर्च अपरेसनका शाहलाई पक्राउ गरेको थियो।

शाहले तत्कालीन मालपोत कार्यालय भक्तपुरमा मालपोत अधिकृतका रुपमा कार्यरत रहेका समयमा बालुवाटारको सरकारी जग्गा हडपेर आफ्नो परिवारका सदस्यका नाममा पास गराएको अभियोग सीआईबीले लगाएको छ।

ललिता निवासको जग्गाका हकवालाहरु सुबर्ण शमशरे जबरा र काञ्चन शम्शेर जबराका हकवालाहरू श्रीमती सुनिती राणा, रकम शमशेर जबरा, श्रीमती शैलजा राणा, हेमन शम्शेर जबरा र हाटक शमशेर जबराहरुको नाममा अनाधिकृत रुपमा नामसारी र दाखा खारेज गराउन शाहले भूमिका खेलेको अभियोग सीआईबीले लगाएको छ।

बालुवाटारको उक्त सरकारी जग्गा व्यक्तिका नाममा पास गराउन भूमिका खेलेर शाहले त्यहीँको जग्गाको एउटा कित्ता आफ्नी श्रीमती उर्मिला शाहको नाममा पास गराइदिएको दाबी सीआईबीले अभियोगमा लगाएको छ। 

पूर्व निर्वाचन आयुक्त शाहले सरकारी जग्गा व्यक्तिको नाममा लैजान भूमिका खेलेवापत ललिता निवासकै ५-०-२-२ (५ रोपनी १ पैसा २ दाम) जग्गा श्रीमती उर्मिलाको नाममा पास गराएको अभियोग पनि सीआईबीले लगाएको छ। 

यो प्रकरणमा मंगलबार सबैभन्दा पहिले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सबैभन्दा पहिले पक्राउ परेका थिए।

सीआईबीले काठमाडौं उपत्यकामा निरन्तर सर्च अपरेसन चलाउँदा पूर्व निर्वाचन आयुक्त शाह पनि पक्राउ परेका हुन्।

यो प्रकरणमा मुछिएका उनलाई सीआईबीको टोली धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको थियो।

शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रुपमा कार्यरत रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .