ad ad

समाज


‘निजामति सेवाप्रति आकर्षण किन घट्दैछ खोजी गर्नुपर्छ’

‘निजामति सेवाप्रति आकर्षण किन घट्दैछ खोजी गर्नुपर्छ’

नेपालखबर
असार १२, २०८० मंगलबार १७:४८, काठमाडौँ

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामति सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरू ल्याउनुपर्ने बताएका छन्।

मंगलवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नागरिकहरु निजामति सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजी हुनुपर्ने बताए।

उनले अभिभावकहरुले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि निजामति सेवामा आकर्षण घट्नुको कारण हुनसक्ने बताए। उनले मुलुकको सामथ्र्यअनुसार अरु सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने बताए।

उनले भने, ‘मानिसहरु निजामति सेवातर्फ किन आकर्षित भएनन्, भन्ने विषयमा हाम्रो अभिभावकको पनि कमजोरी छ। आफ्ना छोराछोरीलाई भविष्यमा पढेर नेपालकै सेवा गर्नुपर्छ कतिको भन्छौँ? कुनै विद्यालय वा कलेजमा यस्तो पढ्यो भने विदेशमा छिटै भिसा पाइन्छ भन्ने पो पढाएका छौँ की? निजामति सेवाको आकर्षणका लागि नेपाल सरकारले आकर्षणका प्याकेजहरु के गर्नुपर्ने हो?’

उनले थपे, ‘हाम्रो मुलुक सामथ्र्य अनुसार तुलनात्मक रुपमा अरु सेवा समूहमा कस्तो अवस्था छ? यो सबै हिसावले गर्नुपर्छ। निजामति सेवा ऐन बन्दा अब लोकसेवा आयोगले अहिलेसम्म अनुभव गरेको विषयमा सुझाव त दिन्छ नै। नेपालको सेवा गर्ने इच्छा नै छैन भने तिनीहरुलाई जतिसुकै आकर्षक पाठ्यक्रम राखेर पनि केही हुँदैन।’

उनले निजामति कर्मचारीहरु २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्याधिक बढ्ने र अनुभवि कर्मचारी निजामति सेवामा नहुने समस्याले निजामति सेवालाई नै असर पुग्ने स्थिति आउने बताए। उनले प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको समेत बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .