ad ad

कारोबार


चिनियाँ अर्बपति ज्याक मा बिहीबार पाकिस्तान जाने

चिनियाँ अर्बपति ज्याक मा बिहीबार पाकिस्तान जाने

नेपालखबर
असार १२, २०८० मंगलबार १७:५४, काठमाडौँ

चिनियाँ धनाढ्य ज्याक मा बिहीबार फर्कने कार्यक्रम रहेको छ।

विशेष विमान चार्टड गरेर त्रिभुवन विमानस्थल आएका ज्याक मा बिहीबार पाकिस्तान जाने कार्यक्रम रहेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका हुन्।

त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले विशेष विमान नेपाल आएको जानकारी दिए।

अलिबाबाका संस्थापक ज्याक मा ३ दिन नेपाल बस्दा काठमाडौंको द्वारिकाज होटल र चितवनको मेघौली रिसोर्टमा जाने कार्यक्रम रहेको बताइएको छ।

मंगलबार उनले चिनियाँ दूतावासका अधिकारी भेट्ने कार्यक्रम रहेको छ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी ज्याक मा सँग निकट सम्बन्ध भए पनि भेटघाट कार्यक्रम तय भइनसकेको चौधरी ग्रुपका अधिकारीले बताएका छन्।

हङकङको जेट एभिएसन बिजनेस जेटको चार्टर्ड जहाजमा ज्याक मा सहित ७ जना नेपाल आएको अध्यागनम विभागले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणबाट उक्त जहाज बिहीबार पाकिस्तान फर्कने उडानको अनुमति लिएको छ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार उनी बिहीबार काठमाडौंबाट विशेष जहाजबाट पाकिस्तानको लाहोरस्थित अल्लाम इक्बाल एयरपोर्टतर्फ जाने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .