ad ad

राजनीति


जिल्ला निर्वाचन कार्यालय खारेज गरे निर्वाचनको विश्वसनीयता रहँदैन : रवि लामिछाने

जिल्ला निर्वाचन कार्यालय खारेज गरे निर्वाचनको विश्वसनीयता रहँदैन : रवि लामिछाने

नेपालखबर
असार १२, २०८० मंगलबार १२:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षता नहुने बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास नहुने बताएका हुन्।

उनले लोकतन्त्रको रक्षाका लागि आयोगलाई छुट्टै निकायको रुपमा काम गर्न दिनुपर्ने बताए। अर्थमन्त्रीले यस विषयमा गोलमोटल रुपमा नभइ छुट्टै जवाफ दिनुपर्ने माग उनले गरे।

उनले भने, ‘संवैधानिक आयोगको क्षेत्राधिकारलाई सीडीओ कार्यालयमार्फत ल्याउँदा निर्वाचन निष्पक्ष हुन्छ, निर्वाचन जुन ढंगले सञ्चालन हुन्छन् त्यसलाई हेरिकन यसमा कति धेरै आशंका हुन सक्लान्? यो अत्यन्त संवेदनशील विषय हो। यो हाम्रो मात्र विषय होइन। निर्वाचनको निष्पक्षताको विषय भनेको संसारले हेर्ने विषय हो। यस्तो संवेदनशील विषयमा अर्थमन्त्रीले सम्पूर्ण विषयमा दिने जवाफभित्र गोलमोटल जवाफ दिने कुरा हामीलाई स्वीकार्य छैन।’

उनले निर्वाचनको विषय संसारले हेर्ने भन्दै यसको निष्पक्षतालाई जोगाउनुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .