आज (मंगलबार) सिन्धुपाल्चोकसहित ८ जिल्लाका ससाना नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको जोखिम देखिएको हो।
साथै आज नुवाकोट, धादिङ, चितवन, मकवानपुर, स्याङजा, तनहुँ, रोल्पा, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्नसक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।
हेर्नुहोस् बुलेटिन र नक्सा–
33
Shares
प्रतिक्रिया