ad ad

समाज


ईपीएस कोरिया शाखामा सयौँ युवाको धर्ना र नाराजुलुस

ईपीएस कोरिया शाखामा सयौँ युवाको धर्ना र नाराजुलुस

ईपीएस कोरियन भाषाको कार्यालयमा भेला भएका युवाहरु। तस्बिर : नेपालखबर


नेपालखबर
असार १०, २०८० आइतबार ११:५८, काठमाडौँ

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा सयौँ युवाले धर्ना तथा नारा जुलुस गरिरहेका छन्।

रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने मागसहित उनीहरु धर्ना दिन पुगेका हुन्। 

यसरी नारा जुलुस गर्नेहरु ईपीएस कोरिया भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाहरु छन्।

उनीहरु एक पटक कोरिया पुगेर फर्किएका र पुनः भाषा परीक्षा दिएर सूचीमा रहेकाहरु हुन्। 

दक्षिण कोरियाका रोजगारदाताले एक पटक कोरिया पुगेर आएका भन्दा पनि नयाँ कामदार लैजाने गरेपछि यसअघि नै कोरियामा काम गरेर फर्किएकाहरु रोजाइमा नपरेका हुन्। 

नेपाली श्रमिकको संख्या बढिरहेका बेला यसरी गएर फर्किएका र भाषा परीक्षा दिएर सूचीमा रहेका भने ५ प्रतिशत पनि जान पाएका छैनन्। आफूहरुलाई विभेद गरिएको उनीहरुको गुनासो छ। 

उनीहरुले आफ्नो रोजगारी सुनिश्चितताको माग गर्दै नारा जुलुस गरिरहेका छन्। करिव ६–७ सयको संख्यामा उपस्थित भएर नारा जुलुस गरिरहेको ईपीएस शाखा प्रमुख पुष्पराज कट्वालले बताए। 

‘उहाँहरु अहिले आफ्ना माग राखेर नारा जुलुस गरिरहनु भएको छ। हामी अहिले उहाँहरुका मागबारे मन्त्रालयलाई जानकारी गराउँछौँ। उहाँहरुका माग जायज नै छन्’, कट्वालले नेपालखबरसँग भने। 

गत साउन यता मात्रै दक्षिण कोरियामा करिव २० हजार नेपाली रोजगारीका लागि पुगेका छन्। २० हजार लगेकोमा ६ हजार कमिटेड (पहिले गएर फर्किएका) र १४ हजार नयाँ भाषा परीक्षा पास गरेर जाने श्रमिक छन्। 

कोरियाले १६ वटा देशका लागि एकमुष्ट कोटा तोक्न थालेको छ। जुन देशले सहजरुपमा छिटो श्रमिक पठाउँछ त्यही देशबाट बढी लैजाने गरेको छ। नेपाल कोरियाको रोजाइमा पहिलो नम्बरमा पर्न थालेको छ। यसअघि देश अनुसार कोटा तोक्दा वार्षिक ७ देखि १० हजारसम्म तोकिन्थ्यो। 

तर नेपालबाट कोरिया पठाउने प्रक्रिया छिटो र रोष्टममा पनि पर्याप्त संख्या रहेकाले कोरियाले धेरै नेपाली लैजान थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .