ad ad

कारोबार


नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल

नेपालखबर
असार १०, २०८० आइतबार १२:४, काठमाडौँ

व्यवसायी राजेशकुमार अग्रवाल नेपाल उद्योग परिसंघको अध्यक्ष बनेका छन्। काठमाडौमा सम्पन्न परिसंघको २०औँ वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधानअनुरुप स्वत:अध्यक्ष बनेका हुन्। उनलाई निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवालले शपथ ग्रहण राएका छन्। 

अग्रवाल यसअघि परिसंघको परिषद सदस्य उद्योग समिति र राजस्व समिति सभापति भइसकेका छन्। 

आरएमसी ग्रुपका कार्यकारी निर्देशक अग्रवाल सिमेन्ट, स्टिल र खाद्यलगायतका क्षेत्रमा आवद्ध छन्। 

परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका छन्। 

निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन भएका हुन्।  

परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशीष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा ९शिवाकोटी०, ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा र वीरेन्द्रराज पाण्डे निर्वाचित भए।

यसैगरी, लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमित कुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुल कुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानीया, मिलन बाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपाल कुमार अग्रवाल, आदित्य संघाई पनि राष्ट्रिय परिषद सदस्यमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .