इरानी सेनाले क्षेप्यास्त्र प्रहार गरी युक्रेनियन विमान खसाउँदा १ सय ७६ जनाको मृत्यु भएको थियो।
सोही दुर्घटनाको भिडियो खिच्ने व्यक्तिलाई पक्राउ गरेको इरानले बताएको हो।
ती व्यक्तिलाई अब राष्ट्रिय सुरक्षा सम्बन्धी मुद्दामा आनुसन्धान हुने बताइएको छ।
इरानले उक्त विमान आफ्नै क्षेप्यास्त्रले खसेको स्वीकार गरे पनि आक्रमण भुलबस भएको बताएको छ।
पहिले आफूले आक्रमण नगरेको बताइरहेको इरानले भिडियो सार्वजनिक भएपछि भने आफ्नै क्षेप्यास्त्रले विमान खसेको स्वीकार गरेको थियो।
मंगलबार इरानले युक्रेनियन विमानमा आक्रमण गर्ने केही व्यक्तिलाई आफूहरुले नियन्त्रणमा लिएर अनुसन्धान गरेको बताएको थियो। बीबीसी
प्रतिक्रिया