ad ad

समाज


नेपाल प्रहरीमा १४९ इन्स्पेक्टर र ५८४ असईका लागि जागिर खुल्यो

नेपाल प्रहरीमा १४९ इन्स्पेक्टर र ५८४ असईका लागि जागिर खुल्यो

नेपालखबर
माघ १, २०७६ बुधबार ७:१७,

नेपाल प्रहरीले रिक्त रहेका १४९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ५८४ प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खुलाएको छ।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै नयाँ भर्ना खुलाएको जानकारी दिएको हो।

दुवै पदका लागि यही माघ ५ गते बिहान १० बजेदेखि फागुन ११ गत साँझ ५ बजेसम्म सार्वजनिक बिदाका दिनबाहशेक अन्य दिन दरखास्त दिन सूचनामा उल्लेख छ।

महानगरीय प्रहरी कार्यालय (रानीपोखरी काठमाडौं), प्रदेश १ प्रहरी कार्यालय (विराटनगर), प्रदेश २ प्रहरी कार्यालय (जनकपुर), बागमती प्रदेश प्रहरी कार्यालय (हेटौंडा), गण्डकी प्रदेश प्रहरी कार्यालय (पोखरा) प्रदेश ५ प्रहरी कार्यालय (दाङ), कर्णाली प्रदेश प्रहरी कार्यालय (सुर्खेत) सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय (दीपायल)मा आवेदन दिन सकिने छ।

प्रहरी निरीक्षकका दरखास्त फारामसाथ राजश्व दस्तुर बापत रु.१००० (एक हजार) र प्रहरी सहायक निरीक्षकका लागि रु.३०० (तीन सय) बुझाउनु पर्नेछ।

प्रहरी निरीक्षकका लागि २० वर्ष पूरा २५ बवर्ष ननाघेको हुनुपर्नेछ भने सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भइ २४ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्ते निरीक्षकका लागि न्युनतम् योग्यता स्नातक वा सो सरह र प्रमाणपत्र तह वा सो सरहको यौग्यता हुनुपर्नेछ।

हेरौँ सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .