ad ad

कारोबार


लगातार विमान दुर्घटनामा परेपछि बोइङलाई झट्का, दशक यताकै कम माग

लगातार विमान दुर्घटनामा परेपछि बोइङलाई झट्का, दशक यताकै कम माग

नेपालखबर
माघ १, २०७६ बुधबार ७:१४,

बोइङ विमानको माग दशकयताकै सबैभन्दा कम भएको कम्पनीले बताएको छ। यसको मतलब अब बोइङले विश्वकै ठूलो विमान उत्पादक कम्पनीको हैसियत गुमाएको छ।

बीबीसीका अनुसार हाल बोइङले भन्दा युरोपियन विमान उत्पादक कम्पनी एयरबसले धेरै विमान उत्पादन गरिरहेको छ।

प्राविधिक समस्याका कारण बोइङको दुईवटा म्याक्स ७३७ विमान लगातार दुर्घटनामा पर्दा ३४६ यात्रुले ज्यान गुमाए।

गतवर्षको अप्रिल महिनायता म्याक्स ७३७ ग्राउन्डेड छन्। यसकारण हालसम्म अरबौं घाटा भइसकेको छ।

उक्त दुर्घटनाका कारण बोइङले गतवर्ष मात्र ५४ वटा विमान निर्माण गर्यो। सन् २०१८ मा बोइङलाई ८९३ वटा विमान निर्माणको माग आएको थियो। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .