ad ad

छापा खबर


पत्नी बटुल्ने कमरेडको ‘प्रमोसन’

पत्नी बटुल्ने कमरेडको ‘प्रमोसन’

नेपालखबर
माघ १, २०७६ बुधबार ३:५८,

कारबाहीको डण्डा बर्साउनुपर्नेलाई पुरस्कृत गर्नकै लागि थियो तर १० बर्से सशस्त्र जनयुद्ध? यही हो सशस्त्र संघर्षको महान् उपलब्धि? यौनजन्य तथा घरेलु हिंसामा आरोपित एक विद्यार्थी नेतालाई गत साता नेतृत्वको दबाबमा पुरस्कृत गरिएको छ।

अब प्रश्न उठ्छ, एमाले र माओवादी मिलेपछि बनेको नयाँ पार्टीलाई बहुविवाह गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको हो?

पुस १८ गते अनेरास्ववियुले एकीकरण टुंग्याउँदै ३सय ३५ सदस्यीय केन्द्रीय समितिको नाम सार्वजनिक गर्यो। एमालेनिकट पूर्व अनेरास्ववियुबाट १ सय ८० र पूर्व माओवादीनिकट क्रान्तिकारीबाट १ सय ५५ जना त्यहाँ अटाए। सूचीमा अनेरास्ववियुले कुनै थपघट गरेन तर क्रान्तिकारीबाट टाइप मिस्टेक भन्दै तीनवटा नाम रातारात घुसाइएको छ। यसरी छुटपुट भन्दै पछि घुसाइएका पात्र हुन्– प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराका माहिला छोरा तुकमान। जसविरुद्ध पत्रकार पत्नीलाई हिंसात्मक व्यवहार र दुई सन्तानप्रति घोर बेवास्ता गरेको उजुरी परेको छ। सोही उजुरीका कारण उनी कार्यरत अनेरास्ववियु नेतृत्वबाट सुरुमा नाम काटिएको थियो।

एकीकरणपूर्व पूर्वअखिल क्रान्तिकारीमा उपहासचिव थिए। सर्लाहीतिरकी तामाङ्नी च्यापेरु बच्चासमेत जन्माई जेठी पत्नीलाई हिंसा गरेको आरोपमा एकीकृत संगठनको नेतृत्वबाट वञ्चित गरिएका उनले यही आइतबार दिउँसो राष्ट्रियसभा गृहमा पुगेर शपथ लिएका छन्।

यस विषयमा रञ्जित तामाङसँग सोध्दा ‘तुकमान अनेरास्ववियुको नयाँ कमिटीमा नभएको’ जिकिर गरे भनेर माघ १ गतेको जनआस्था साप्ताहिकले समाचार छापेको छ।

पार्टीको विद्यार्थी फाँटा (अनेरास्ववियु) का इन्चार्ज हितमान शाक्यले त यसबारे मुखै खोलेनन्। उनले महराले शपथ खाएको इन्कार गरिरहँदा उनैबाट शपथ खाएका तुकमानहरू भने धमाधम बधाई खाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .