ad ad

समाज


देशभर पानी पर्ने, तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

देशभर पानी पर्ने, तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ५, २०८० मंगलबार ७:३७, काठमाडौँ

आज (मंगलबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

त्यसो त अहिले बिहान पनि मधेश र कर्णाली प्रदेशका एक दुई स्थान र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) भई विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। 

बुलेटिनमा भनिएको छ– दिउँसो कोशी  र गण्डकी प्रदेशका केही स्थान तथा बागमती,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। 

महाशाखाको बुलेटिनअनुसार राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भई विभिन्न स्थानमा वर्षाको सम्भावना छ। 

बुलेटिनमा भनिएको छ– राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा देशको बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

काठमाडौंमा पनि वर्षाको सम्भावना
आज दिउँसो तथा राति दुवै समय काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ। 

‘वर्षाको सम्भावना थोरै छ, तर सम्भावनाचाहिँ छ’, मौसमविद् लामिछानेले भने, ‘वर्षा भयो भने ठूलो हुँदैन, हल्कादेखि मध्यम होला।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .