ad ad

समाज


न्याम्सको उपकुलपति हुन ११ जनाको आवेदन

न्याम्सको उपकुलपति हुन ११ जनाको आवेदन

नेपालखबर
असार ४, २०८० सोमबार ११:४६, काठमाडौँ

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिका लागि ११ जनाको आवेदन परेको छ। 

न्याम्सको उपकुलपतिका लागि  निमित्त उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेतसहित ११ जनाले आवेदन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

आवेदन दिनेहरुमा न्याम्सकै पूर्वडिन डा. पियुष दाहाल, वीर अस्पतालकै पूर्वनिर्देशक प्रा.डा. बुलन्द थापा,  वीर अस्पतालकै रेडियोलोजी विभागका प्रमुख प्रा.डा. सरोज शर्मा, कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा. अजित रायमाझी,  प्रा.डा. अनिल मिश्र, डा. दीपक थापा, डा. रेवतीरमण मल्ल, डा. प्रवीण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्वनिर्देशक डा. अमिरबाबु श्रेष्ठ र डा. दीर्घराज जोशी छन्।

प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल ’प्रचण्ड’ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गरेका थिए।

कमिटीले उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .