भारतकाे दिल्लीबाट चाेरी गरेर ल्याएकाे ६५ लाख भारतीय रुपैयाँसहित तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा भारतबाट पैसा चोरी गर्ने बाजुराकाे बुढिगंगा नगरपालिका १, डुङ्ग्री का २९ वर्षीय जहर सिंह थापा र साेही ठाउँका २८ वर्षीया कि मना कुमारी खडका (थापा) तथा चोरी गरेकाे पैसा लुकाउने कैलालीकाे गौरिगंगा नगरापालिका २ की ३२ वर्षीया बिन्दा कुमारी थापा (रावल) रहेका छन्।
उनीहरुले दिल्लीकाे गल्ली नं ८, ब्लक नं ९ देवनगर कराेलवागस्थत विशेश्वर अग्रवालको अफिसबाट नगद तथा गरगहना चोरी गरेका हुन्। भारतीय राजदूतावासकाे अाग्रहमा नेपाल प्रहरीले साे रकम खाेजतलास गरेकाे थियाे।
साे क्रममा कैलालीकाे गौरिगंगा नगरपालिका २ का तुला रावलकी श्रीमती बिन्दा कुमारी थापा रावलको कच्ची घर कोठा भित्र सुत्ने खटिया मुनी खाल्टो खनी टिनको बाकस भित्र प्लाष्टिक र कपडामा बेरी लिपपोत गरी पुरेर लुकाईछिपाई राखेको अवस्थामा साे रक फेला परेकाे हाे। बिन्दालाई सोधपुछ गर्दा चोरीमा संलग्न थप व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया