चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई विरुद्ध मुद्दा दायर गरेका छन्।
प्रसाईले २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै गिरीले जिल्ला अदालत काठमाडौँमा गाली वेइज्जतीको मुद्दा दायर गरेका हुन्।
पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए। लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए।
3
Shares

प्रतिक्रिया