ad ad

समाज


यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित

नेपालखबर
असार १, २०८० शुक्रबार २१:२९, काठमाडौँ

महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन्। 

प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा गृहमन्त्रालयले हिजोदेखि लागू हुने गरी पाललाई निलम्बिन गरेको पत्र आज आइपुगेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।

पालविरुद्ध महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप छ।

उक्त घटनापछि पाललाई प्रहरी प्रधान कार्यालय तानिएको थियो। पालमाथि अहिले अनुसन्धान भइरहेको छ। 

महिला हवल्दारलाई एसएसपीले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं’ भनेको उनले जानकारी गराएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .