समाज


नक्कली शरणार्थी प्रकरण : प्रतिवादीको बहस सकियो, शुक्रबार आदेश आउने

नक्कली शरणार्थी प्रकरण : प्रतिवादीको बहस सकियो, शुक्रबार आदेश आउने

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १६:५७, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबारदेखि जारी प्रतिवादीहरुको प्रतिरक्षा बहस बिहीबार सकिएको छ।

बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेका थिए।

उनीहरु तीनजनाको पक्षमा प्रतिरक्षा बहस सकिएसँगै अब शुक्रबार बिहानदेखि २ बजेसम्म सरकारी वकिलहरुले जवाफी बहस गर्ने भएका छन्।

उक्त जवाफी बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर रिहा गर्ने र साधारण तारेखमा छाड्ने गरी आदेश दिनेछन्।

यो प्रकरणमा हालसम्म १८ जना अभियुक्तहरु पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणमा दुईजना भीआईपी नेताहरुसहित ३० जनाविरुद्ध विभिन्न शीर्षकमा मुद्दा अघि बढाएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधहितका मुद्दा जिल्ला अदालतमा दर्ता गराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .