चीनको हान्झाउमा हुने १९ औं एशियाली खेलकुद (एसियाड) का लागि २२ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणाा भएको छ।
एन्फाले आधिकारिक रुपमा टोलीको घोषणा नगरेपनि टोलीमा गिता र प्रिति राइले पुनरागमन गरेका छन्। एसियाडका लागि टोलीमा गिता र प्रितिले पुनरागमन गरेका हुन्।
भारतमा भएको दुई मैत्रीपुर्ण खेलमा चोट बोकेपछि गिता टोली बाहिर थिइन्। चोटकै कारण गिताले घरेलु मैदानमा भएको ओलम्पिक छनोट अन्तर्गत भिएतनामसँगको दुई खेल गुमाएकी थिईन्। चोटका कारण मैदान बाहिर रहेकी प्रिति राइ पनि टोलीमा फर्केकी छिन्।
नेपाली टोलीले भोलिदेखि प्रशिक्षण सुरु गर्नेछन्। प्रशिक्षण दशरथ रंगशालामा हुनेछ। एशियाड असोज ६ देखि २१ गते सम्म हुनेछ।
एसियाड खेल्ने राष्ट्रिय टोलीः
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, बिमला बि.क, निशा ठोकर, समिक्षा घिमिरे, रेनुका नगरकोटे, सरु लिम्बु, बिमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की,रेखा पौडेल
Shares
प्रतिक्रिया