समाज


स्रोत नखुलेको १५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपालखबर
जेठ ३१, २०८० बुधबार ७:६, काठमाडौँ

बारा प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको रकमसहित भारत पूर्व चम्पारणका रामनिवास प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट भारतीय नम्बर बीआर ०५ वाई २६२४ को मोटरसाइकल पनि बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई बीओपी बरैनियाले नियन्त्रणमा लिएको हो।

प्रहरीले यादबलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .